देवी ज्ञवालीलाई साथमा लिएर गाडीको लावालस्करसहित प्रचण्ड घरदैलोमा
चितवन, २४ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावी प्रचार अभियान सुरु गरेका छन् । प्रतिनिधिसभा सदस्यको लागि चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका अध्यक्ष प्रचण्डले घरदैलो सुरु गरेका हुन् ।
कतै घरमै पुगेर उनी हात जोडिरहेका छन् त कतै गाडीमा उभिएर हात हल्लाएर उपस्थिति दर्शाइरहेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलाई घरदैलो पनि कडा सुरक्षा दिइएको छ। उनलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले वरिपरिबाट घेरा हालेर मात्र मतदाता भेट्न दिइरहेका छन्।
प्रचण्डको घरदैलोमा सुरक्षाकर्मीसहित सात गाडी घरदैलोमा पुगेका छन्। वृद्धवृद्धाले प्रचण्डलाई आशिर्वाद दिइरहेका छन्। घरदैलोमा प्रचण्डसँग फोटो खिच्नेहरू धेरै छन्।
प्रचण्डलाई उनीसँगै रहेका प्रदेश सभाका उम्मेदवार रामलाल महतोले चिनाइरहेका छन्। महतो आफू प्रदेश सभा र प्रचण्ड प्रतिनिधिसभाको उम्मेदवार भएको बताइरहेका छन्।
बिहिबार उनले भरतपुरको वडा नम्बर १३ मा मत मागेका थिए। शुक्रबार उनले वडा नम्बर ९ मा मत मागेका छन्। शुक्रबार मत माग्दै प्रचण्डले ‘तपाईंको आशिर्वाद होस्’, भन्दै ९९ वर्षिया वृद्धासँग फोटो खिचाए।
प्रचण्डको घरदैलोमा उनलाई राष्ट्रको नेतृत्वकर्ताको हिसाबले माइकिङमार्फत प्रस्तुत गरिएको छ। ‘नेपाली राजनीतिका केन्द्रविन्दु, आशा र भरोसाका केन्द्रविन्दु, चितवनको शान’, भन्दै प्रचारमा खट्नेहरूले उनको पक्षमा माइकिङ गरिरहेका छन्।
प्रचण्ड आफैंले पनि चितवनको विकास र देशको नेतृत्वका लागि चुन्न मत मागिरहेका छन्। ‘जनताको अपेक्षा विकास नै हो। बाटो, उद्योग धन्दा, रोजगारी, तटबन्ध, जाली र जंगली जनावरको समस्या समाधान’, प्रचण्डले भने, ‘हामी राजनीतिक विकास र समृद्धिमा केन्द्रीत हुन पर्छ भन्ने पाएको छु।’
उनी स्थानीय तहको निर्वाचनमा आफ्नै छोरी रेणु दाहालसँग प्रतिस्पर्धा गरेका एमाले नेता देवी ज्ञवालीलाई साथमा लिएर घरदैलो अभियानमा जुटेका छन् । उनले स्थानीय तहको निर्वाचनमा माओवादीले प्यानल नै जित हासिल गरेको भरतपुरको वडा नम्बर १३ उज्वलनगर चोकमा वाम गठवन्धनको संयुक्त प्रचारप्रसार कार्यालय उद्घाटन गरी स्थानीयको घरदैलोमै पुगेर भोट माग्न सुरु गरेका हुन् ।
Comments
अरु समाचार
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...
-
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...