ताजा समाचार

राष्ट्रपतिद्वारा चिकित्सा शिक्षा अध्यादेश प्रमाणिकरण, गोविन्द केसीको माग पूरा 

काठमाडौं, २४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले चिकित्सा शिक्षा अध्यादेश २०७४ प्रमाणिकरण गरेकी छन् । राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्ति अनुसार मन्त्रिपरिषद्को कात्तिक ६ गतेको बैठकबाट सिफारिस भएको अध्यादेश राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी गरेकी हुन्।

संसदबाट यो विधेयक पारित गराउन अन्तिम समयसम्म प्रयास भए पनि पारित हुन सकेको थिएन। मन्त्रिपरिषद्ले अध्यादेश पारित गर्न सिफारिश पठाएको लामो समयसम्म पनि राष्ट्रपतिबाट अध्यादेश जारी नभएपछि डा. गोविन्द केसी लगायतको टोलीले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासित भेट गर्दै ध्यानाकर्षण गराएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org