रुकुममा जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरेर बम प्रहार, ठूलो दुर्घटनाबाट जोगियो
रुकुम, २४ कात्तिक । गृहबाट विनाविभागीय मन्त्रीको जिम्मेवारी सम्हालिरहेका जनर्दन शर्मा चढेको गाडीलाई लक्षित गरेर बम प्रहार गरिएको छ । बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा विना विभागीय मन्त्री शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी चौरजहारी नगरपालिका–८, को गोइरीमा २ वटा बम प्रहार गरिएको प्रहरीले जनाएको छ ।
चौरजहारी उपत्यकाको चुनावी सभा, घेरदैलो र भेटघाट सकेर सानीभेरी गाउँपालिकाको सिम्ली आउँदै गरेको प्रचार टोली माथी सडकमाथिबाट बम प्रहार भएको हो । सबैभन्दा अगाडिको गाडीलाई छोडेर उम्मेदवार शर्मा चढेको गाडीलाई नै लक्षित गरी बम प्रहार भएको थियो ।
शर्मा चढेको गाडीको अघिल्तिर परेको एउटा बम पड्केन भने अर्को पड्केको थियो । पड्केको पनि धुलोमा परेका कारण धेरै असर गर्न नसकेको प्रहरीले जनाएको छ । ‘बम फालिएको सडक धुलाम्य थियो, फालिएको एउटा पड्केन, पड्केको पनि धुलोमा परेका कारण खासै असर गरेन’ प्रचार टोलीका एक सदस्यले भने ।
उम्मेदवार शर्माले आफ्नै गाडीलाई लक्षित गरी बम प्रहार गरेको बताए । ‘मेरै गाडीलाई लक्षित गरी बम प्रहार गरिएको थियो, सेक्युरीटीको पहलकदमीको कारण क्षति हुन पाएन’ शर्माले भने । कसैबाट परिचालित मान्छेले त्यस्तो हर्कत गरेको उनको भनाई छ । प्रहरीले निर्वाचन विरोधी समूहको काम रहेको बताएको छ । ‘अहिले केही खुलेको छैन,’ जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का प्रमुख डिएसपी राजेन्द्रप्रसाद धमलाले भने, ‘त्यसमा संलग्न समूह र व्यक्तिको खोजी भइरहेको छ ।’
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम प्रहार गरेको आशंका गरिएको छ । केही दिन अघि नेकपाकै कार्यकर्ताले शर्माकै घरमा कालो व्यानर राखेका थिए । उक्त टोलीमा बाम गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्यतर्फ ख निर्वाचन क्षेत्रका प्रत्यक्ष उम्मेदवार गोपाल शर्मा, माओवादीको तर्फबाट प्रतिनिधि सभा सदस्यका समानुपातिक उम्मेदवार चन्द्रबहादुर विक, प्रदेशसभा सदस्य विमला केसी, एमालेको तर्फबाट प्रदेशसभा तर्फकी समानुपातिक उम्मेदवार देवी ओली लगायत एमाले तथा माओवादीका नेताहरु पनि थिए ।
Comments
अरु समाचार
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...
-
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...