ताजा समाचार

भियतनाममा ‘डाम्रे’ नामक आँधीबाट १०६ जनाको मृत्यु, २५ बेपत्ता

हनोइ, २४ कात्तिक । भियतनाममा करिव एकहप्ता अघि आएको ‘डाम्रे’ नामक आँधीका कारण कम्तीमा पनि १०६ जनाको ज्यान गएको छ । मध्य भियतनाम र मध्य पहाडी क्षेत्रमा भीषण आँधी आएको भियतनामको प्राकृतिक बिपद् नियन्त्रण तथा उद्धारसम्बन्धी केन्द्रीय परिचालन समितिले जनाएको छ ।

आँधीको कारण कम्तीमा पनि १०६ जनाको ज्यान गएको र अझै पनि २५ जना बेपत्ता रहेका दैवी प्रकोप व्यवस्थापन अधिकारीहरुले जनाएका छन् । शुक्रबार बिहानसम्म जारी सो आँधीबाट त्यहाँको भौतिक सम्पत्तिको पनि ठूलो क्षति पुगेको जनाइएको छ ।

डाम्रेबाट करिब दुई हजारभन्दा बढी घरहरुमा पूर्ण रुपमा क्षति पुगेको छ । त्यसैगरी, करिव एक लाख २० हजार हेक्टर क्षेत्रफलमा रहेको बालीनाली पनि नष्ट भएको छ । आँधीसँगै आएको बाढी र पहिरोले बिन्ह दिन्ह, फु–येन, खान्ह होआ र क्वाङ नाममा गाडी गुड्ने बाटो र रेलयातायातमा क्षति पुर्‍याएको पनि अधिकारीहरुले जनाएका छन् । रासस/सिन्ह्वा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org