ताजा समाचार

के नारायणगढ-मुग्लिन सडकमा यात्रा गर्दै हुनुहुन्छ ? यी समयमा बन्द हुँदैछ

चितवन, २६ कात्तिक । के तपाई नारायणगढ-मुग्लिन सडक खण्डमा यात्रा गर्दै हुनुहुन्छ ? यदि हो भने तपाईले फेरि दुःख पाउनेहुनुभयो । किनकी आजदेखि बीच बीचमा बन्दको झन्झट पनि बेहोर्नु पर्नेछ । एकहप्तासम्म विभिन्न समयमा बन्द हुँदैछ । नारायणगढ-मुग्लिन सडक खण्डको स्तरोउन्नतिको कामलार्इ तीव्रता दिन नारायणगढ-मुग्लिन सडक खण्ड निर्माण आयोजनाले विभिन्न समयमा आवागमन रोक्न लागेको हो ।

आजदेखि एकहप्ता परिक्षण स्वरुप बिहान ७ बजेदेखि ८ः३० बजे, ११ बजेदेखि १२ बजे, १ बजेदेखि २ बजे र ३ बजेदेखि ४ बजेसम्म सडक रोकेर भित्तो काट्न लागिएको  चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए । अर्को सूचना नआउँदासम्म आज बिहान सात बजेदेखि दिउँसो चार बजेसम्म पटक पटक यो सडकमा गाडी बन्द हुनेछ ।

नारायणगढ-मुग्लिन सडकको १६, २२ र ३३ किलो क्षेत्रमा करिब ७ सय मिटरमा भित्तो काट्ने काम बाँकी छ । यहाँको झन्डै १० किमि क्षेत्रमा भने पहिलो तहको कालोपत्र सकिएको छ । सो सडकको अहिलेसम्म ५८ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । स्तरोन्तिको काम जारी रहेकाले यो सडकको सवारी आवागमन प्रभावित हुँदै आइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org