ताजा समाचार

कंगोमा रेल दुर्घटना हुँदा ३४ जनाको मृत्यु, २६ घाइते

किन्सासा,२७ कात्तिक । दक्षिण पूर्वी कंगोमा एक रेल दुर्घटना हुँदा कम्तीमा पनि ३४ जनाको मृत्यु भएको छ । गुडिरहेको रेलले लिग छोडेर बाहिर निस्किँदा भएको उक्त दुर्घटनामा परी अरु कम्तीमा पनि २६ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

रेलले लिग छोडेर बाहिरिएपछि बाटोमा गुडिरहेका अरु पनि कैयाँ कारलाई हानेको थियो । मारिनेमा ती कारमा रहेका व्यक्ति पनि परेका छन् । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान थालेको बताइएको छ । कैयौं कारमा आगो लागेको टेलिभिजन दृश्यहरुमा देखाइएको छ । रासस/सिन्ह्वा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org