ताजा समाचार

प्रहरी चौकीमाथि आतंकारी आक्रमण, २२ प्रहरी र ४५ तालिवानी मारिए

एजेन्सी, २८ कात्तिक । अफगानिस्तानमा प्रहरी चौकीमाथि आक्रमण हुँदा २२ प्रहरी मारिएका छन् । दक्षिणी प्रान्त कान्दाहारमा सोमबार रातभर भएको आक्रमणमा कम्तीमा २२ प्रहरी मारिएका हुन् ।

कान्दाहार प्रान्तको मेवान्द जिल्लामा तालिवान आतङ्ककारीसँगको जवाफी कारबाहीमा ४५ आतंककारी समेत मारिएको प्रहरी अधिकारीले जनाएका छन् । आक्रमणमा परी अन्य ३५ आतङ्ककारी घाइते भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org