ताजा समाचार

डोनाल्ड ट्रम्पकी छोरी इभाङ्का ट्रम्पको स्वागत गर्न दिल्लीका माग्ने हटाइने

नयाँ दिल्ल्ली, २८ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभाङ्का ट्रम्पको भारत भ्रमणको तयारी सुरु भएको छ । आगामी नोभेम्बर २८ देखि भारतको हैदरवादमा हुने अन्तर्राष्ट्रिय उद्यमी सम्मेलनमा सहभागी हुन इभाङ्का भारत आउने कार्य तालिका रहेको छ ।

उनको लक्षित गर्दै भारत सरकारले प्रमुख शहर क्षेत्रमा बस्दै आएका माग्ने हटाउने अभियान सुरू गरेको छ । माग्नेहरूको संख्या अत्याधिक रहेको भारतको हैदरवाद शहर क्षेत्रका माग्नेहरूलाई हटाउनका लागि भारतीय प्रहरीले अभियान सुरू गरेको हो ।

मुख्य सहर क्षेत्रमा माग्नेहरू रहेको जानकारी दिनेलाई ५०० रूपैयाँ इनामको समेत घोषणा प्रशासनले गरेको छ । उनीहरूको पुर्नवासको व्यवस्था आश्रममा मिलाइने जानकारी सरकारले दिएको छ । उक्त अभियान जनवरी ७ सम्म जारी रहने हैदरवाद प्रहरी प्रशासनले बताएको छ ।

यसअघि सन् २००० मा अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन भारत भ्रमणमा आउँदा यस्तो अभियान चलाइएको थियो । भारतको हैदरवाद लगायतका मुख्य मुख्य शहरका मन्दिर, रेल स्टेशन तथा मुख्य मुख्य सार्वजनिक स्थलका माग्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ । नियन्त्रणमा रहेका माग्नेहरू आश्रममा बस्न थालिसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org