ताजा समाचार

अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा ४ को मृत्यु, १० घाइते

क्यालिफोर्निया, २९ कात्तिक । अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा चार जनाको ज्यान गएको छ । अन्य १० जना घाइते भएका छन् ।अभिभावकहरुले आफ्ना बालबच्चा विद्यालय लैजाँदै गरेको बेला एक बन्दुकधारीले आक्रमण गरेका थिए । आक्रमणमा बालबालिकाहरु भने मरेका छैनन् ।

गोली चलाउने बन्दुकधारी पनि प्रहरीको जवाफी कारबाहीमा मारिएको वाशिङटन पोष्टले जनाएको छ । विद्यालयलाई सुरक्षाकर्मीले घेरा हालेर राखेका छन् । यसअघि अमेरिकाको टेक्सासस्थित एक चर्चमा पनि गोली चल्दा २५ जनाको मृत्यु भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org