जिम्बाबेका सरकारी टेलिभिजन र रेडियो सेनाको नियन्त्रणमा
एजेन्सी, २९ कात्तिक । जिम्बाबेमा गहिरिदों राजनीतिक संकटका बीच सेनाले देशको सरकारी टेलिभिजन च्यानल र रेडियो स्टेशन नियन्त्रणमा लिएको छ । राजधानी हरारेका केही क्षेत्रमा बम विस्फोट भएको आवाज सुनिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । विस्फोट कसले र किन गराएको हो भन्ने प्रष्ट हुन सकेको छैन ।
दक्षिण अफ्रिकाका लागि जिम्बाबेका राजदूत इसाक मोयोले देशमा सत्ता परिवर्तनको खबरलाई अस्वीकार गरेका छन् । तर जिम्बाबेको सत्तारुढ दलले सेना प्रमुखलाई ‘विश्वासघाती’ संज्ञा दिएको छ । उपराष्ट्रपतिलाई त्यहाँका राष्ट्रपति रोबर्ट मुगाबेले बर्खास्त गरेपछि राजनीतिक संकट गहिरिएको हो ।
केही दिनअघि त्यहाँका सेना प्रमुखले सैन्य हस्तक्षेपको चेतावनी दिएका थिए । सेना प्रमुख कोन्सटंटिनो चिवेङ्गाले देशका उपराष्ट्रपतिलाई राष्ट्रपतिले बर्खास्त गरेपछि चुनौती दिएका थिए । चिवेङ्गाले मुगावेको पार्टीमा जारी शक्ति संघर्षलाई अन्त्य गर्न सेनाले कारवाही गर्ने चेतावनी दिएका थिए ।
सेना प्रमुखको यस्तो टिप्पणीलाई सत्तारुढ दलले भने निन्दा गरेको थियो । सेना प्रमुखको टिप्पणीले राष्ट्रिय शान्तिलाई अस्थिर तुल्याउने सत्तारुढ दलको ठहर थियो । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार हरारेका केही स्थानमा सेनाको गाडीहरु देखिएका छन् । ती गाडी कता गइरहेका हुन् भन्ने प्रष्ट हुन सकेको छैन ।
Comments
अरु समाचार
-
पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
काठमाडौं । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६८औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ । लिस्वनस्थित नेपालको अवैतनिक...
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार
काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार गरिएको छ । बीबीसीका अनुसार प्रधानमन्त्री फिको गाडीमा बस्न जाने बेलामा उनीमाथि...
-
खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता
काठमाडौं । गत सातादेखि रूसी सेना सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा आक्रमण सुरु गरेपछि युक्रेनले पूर्वी खार्किभ क्षेत्रका धेरै गाउँ नजिकै...