ताजा समाचार

इरान भूकम्पमा मर्नेको संख्या ४४५ पुग्यो, राष्ट्रपतिद्वारा क्षतिग्रस्त क्षेत्रको निरीक्षण

इरान, २९ कात्तिक । आइतबार गएको शक्तिशाली भूकम्पका कारण अहिलेसम्म ४४५ जनाको ज्यान गएको छ । इरान र इराकको सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको ७.३ म्याग्निच्युडको भूकम्पका कारण घाइते हुने इरानीको सङ्ख्या सात हजारभन्दा बढी रहेको इरान सरकारले जनाएको छ । भूकम्पका कारण दर्जनौ ग्रामिण बस्तीहरूमा रहेका भौतिक संरचनामा नराम्रोसँग क्षति पुगेको छ ।

यसैबीच इरानका राष्ट्रपति हसन रौहानीले भूकम्प प्रभावित क्षेत्र कर्मशाह प्रान्तको भ्रमण गरी भूकम्पका कारण क्षत विक्षत बनेका वस्तीहरूको अवलोकन गरेका छन् ।

राष्ट्रपति रौहानीले भूकम्पबाट ज्यान गुमाएका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । साथै विपतको यो वेला अविचलित बन्दै उद्धारका काममा सहयोग पुर्‍याउन स्थानीय जनता, सुरक्षाकर्मी लगायतका उद्धार टोलीलाई आग्रहसमेत गरे ।

उद्धारमा इरानी सेना, इश्लामिक रिभोलुसन गार्ड कप्स, स्वयम्सेवक बासिज बल, रेड क्रिसेन्ट र इश्लामिक रिभोलुसन हाउजिङ् फाउन्डेसन लगायतका सरकारी तथा गैरसरकारी संघसंस्थाले भूकम्पबाट प्रभावित सवैलाई उपचार, औषधि, बास तथा खाद्यान्न लगायतका अतिआवश्यकीय सामग्रीमार्फत सहयोग पुर्‍याएका छन् । रासस/सिन्ह्वा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org