ताजा समाचार

अष्ट्रेलियामा समलिङ्गी विवाहलाई मान्यता

अष्ट्रेलिया, २९ कात्तिक । अष्ट्रेलियामा समलिङ्गी विवाहले मान्यता पाएको छ। केहि दिनअघि यसबारेमा राष्ट्रियरूपमा हुलाक मार्फत मतदान गरिएको थियो ।

यहाँ रहेका १ करोड २० लाख जनताले मतदानमा सहभागिता जनाएका थिए । जम्मा मतको ६१ दशमलप ६ प्रतिशत मतदाताले समलिङ्गी बिवाहको पक्षमा मतदान गरेको आज बिहान सार्वजनिक गरिएको नतिजामा उल्लेख छ।

विगत लामो समयदेखि बिवाद्को रुपमा रहेको यस विषयलाई जनताले स्वीकृति दिएपछि ससदबाट कानुनको रूपमा लागू हुनेछ । यसको पक्ष र विपक्षमा धेरै क्याम्पेनहरु भएका थिए भने अहिले पनि धेरै मानिसहरु सहमत हुन सकेका छैनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org