ताजा समाचार

मंसिरमा अवकाश लिन लागेका वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ

काठमाडौं, २९ कात्तिक । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे पक्राउ परेका छन् । घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले पाण्डेलाई पक्राउ गरेको हो ।

मंगलबार राति अख्तियारको टोलीले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो । पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका थिए ।

उनीहरुको बयानका आधारमा महानिर्देशक पाण्डेको पनि त्यसमा मिलेमतो देखिएपछि पक्राउ गरिएको अख्तियार श्रोतको भनाई छ । मंगलबार राति ८ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डबाट पौडल र केसी पक्राउ परेका थिए । वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै उक्त रकम लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

उनीहरुलाई पाण्डेले नै परिचालन गरेको अनुसन्धानबाट खुलेपछि पक्राउ गरिएको अख्तियार उच्च स्रोतको भनाई छ । पाण्डे आगामी मंसिर ६ गते अवकाश लिने तयारीमा थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org