ताजा समाचार

राती ओछ्यानमा श्रीमानले भनेजस्तो गर्न नमान्दा श्रीमतीको हत्या

एजेन्सी, ३० कात्तिक । बेडरुममा भनेजस्तो नगरेको भन्दै एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । भारतको हरियाणा राज्यको कुरुक्षेत्र जिल्लाको जोगना खेडा गाउँका संजीवले बेलुकाको खाना खाएरसँगै सुत्न गएकी श्रीमती सुमनको हत्या गरेका हुन् । आफूले भनेको नमान्दा रिसमा हत्या गरेको उनले प्रहरीसपक्ष बयान दिएका छन् । ती दुईको राती यौन सम्बन्धको विषयलाई लिएर झगडा भएको थियो ।

श्रीमान्ले राती यौन सम्बन्धको प्रस्ताव गरेकोमा श्रीमतीले नमानेपछि रिसाएका श्रीमान्ले हत्या गरिदिएका हुन् । राती हत्या गरेका संजीव बिहान उठेर घरबाहिर हिँडेका थिए । संजीव हिँडेको लामो समयसम्म सुमन नउठेपछि परिवारले उनको कोठामा गएर हेर्दा उनी मृत भेटिएकी थिइन् ।

सुमनका माइतीले भने उनको हत्याको कारण अर्कै भएको दावी गरेका छन् । सुमनका दाजु रविले संजीवको अर्कै युवतीसँग अबैध सम्बन्ध भएको र सुमनले यसको विरोध गर्दा संजीवले हत्या गरेको दावी गरेका छन् । संजीवको आफ्नै दाजुकी सालीसँग अबैध सम्बन्ध भएको खुलेको छ । यही सम्बन्धका कारण उनले सुमनलाई कुटपिट पनि गरेका थिए । यही कारण गाउँमा कैयौं पटक पंचायत पनि बोलाइएको थियो । संजीवको अबैध सम्बन्धका कारण भएको झगडापछि सुमन माइती गएकी थिइन् ।

हालै सुमन २ महिनादेखि माइतीमा बसिरहेकोमा संजीव गएर अब यस्तो गल्ती नगर्ने भन्दै माफी मागेर फर्काएर घर ल्याएका थिए । घटना शंकास्पद भएपछि डाक्टरहरुले शवलाई पोस्टमार्टमका लागि खानपुर मेडिकल कलेज सोनीपत पठाएका छन् । सुमनका दाजु रवीरे संजीवसहित परिवारका ६ जनाविरुद्ध हत्या अभियोग लगाउँदै प्रहरीमा उजुरी दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org