ताजा समाचार

जो पुरुष बढी मजाक गर्छन्, उनीहरु महिलालाई बढी यौनसन्तुष्टि दिन्छन्ः अध्ययन

एजेन्सी, ३० कात्तिक । के तपाईको जीवनसाथि धेरै मजाक गर्ने हुनुहुन्छ ? वा तपाई आफ्नो जीवनसाथिसँग धेरै मजाक गर्नुहुन्छ ? यदि हो भने तपाईलाई खुशीको खबर छ । धेरै मजाक गर्ने पुरुषहरु अरुको तुलनामा बढी आनन्द दिन्छन् ।

सोशियोअ‍फेक्‍टिव न्‍यूरोसाईन्स एण्ड साइकोलोजीको अध्ययनले बढी मजाक गर्ने पुरुषले महिलाहरुलाई बढी यौन शुख दिन्छन् । यदि तपाईको स्वभाव फन्नी छ भने तपाईको जीवनसाथीले बढी यौनआनन्द पाउन सक्छिन् । यो विज्ञानले पनि प्रमाणित गरिसकेको छ ।

अधिकांश महिलालाई राम्रो सेन्स अफ ह्यूमर वाला पुरुष मन पराउँछन् । कुनै पनि महिलालाई सोध्दा उनीहरु यो भन्छन्, की उनीहरुलाई बढी सेन्स अफ ह्यूमर वाला पुरुष अत्यन्तै मन पराउँछन् । यहाँ हामी एकदमै राम्रो बडी या लुक्स भएको पुरुषको कुरा गरिरहेका होईनौं । तर जब महिलाहरुलाई मन पराउने कुरा आउँछ तब उनीहरु सेन्स अफ ह्यूमर वाला पुरुषले बढी प्राथमिकता पाउँछन् ।

के हो अनुसन्धानः
यो अध्ययनमा १०३ महिलालाई सहभागि गराईएको थियो । उनीहरुलाई सेक्सलाईफका बारेमा केही प्रश्न सोधिएको थियो । उनीहरुलाई आर्गेज्म कस्तो आउँछ वा बेडमा रहेका बेला कस्ता पुरुषहरु मन पर्छन् भन्ने जस्ता प्रश्श्न सोधिएको थियो । शोधको परिणाम अनुसार महिलाहरुलाई आर्गेज्म, उनका पार्टनरको इनकम, आत्‍मविश्‍वास तथा आकर्षणमाथि आधारित थियो ।

यसका साधै आफ्नो सेक्स पार्टनरप्रति कति आकर्षित छन्, यसमा पनि महिलालाई पुरुषोत्वमा बढी निर्भर पर्दछ । जो पुरुषहरु बढी मजाक गर्ने खालका हुन्छन्, उनीहरुले महिलालाई बढी यौनसन्तुष्टि दिने निष्कर्ष निकालिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org