ताजा समाचार

अस्ट्रेलियामा सबैभन्दा बढी रोजगारी पाउने आप्रवासीमा नेपाली पहिलो

काठमाडौं, ३० कात्तिक । अस्ट्रेलियामा सबैभन्दा बढी रोजगारी पाउने आप्रवासीमा नेपाली पहिलो स्थानमा देखिएका छन् । विदेशी मुलका मानिसमध्ये बेरोजगारी दर कम हुने तथा रोजगारी पाउने आप्रवासीमा नेपालीभाषी रोजगारी सूचीको अग्रस्थानमा रहेको एक तथ्यांकले देखाएको छ ।

नेपाली मुलका बासिन्दाको बेरोजगारी दर २० दशमलव आठ प्रतिशत छ । ‘पाँच नेपाली युवामध्ये चारले काम पाउने गरेको देखिएको छ,’ अस्ट्रेलियाको तथ्यांक विभागले सन् २०१६ को जनगणनाको आँकडा सार्वजनिक गर्दै उल्लेख गरेको छ ।

हालै सार्वजनिक भएको उक्त आँकडाअनुसार ७९ दशमलव दुई प्रतिशत नेपाली मुलका युवाले अस्ट्रेलियामा काम पाइरहेका छन् । १५ वर्ष उमेर समूहदेखि माथिका मानिसबाट रोजगारीसम्बन्धि तथ्यांक संकलन गरिएको हो ।

नेपालीपछि कामप्राप्तिका आधारमा जिम्बाबे, ब्राजिल, दक्षिण अफ्रिकालगायत मुलका मानिस छन् । उनीहरुको रोजगारीको दर क्रमशः ७६ दशमलव चार, ७३ दशमलव पाँच र ७१ दशमलव आठ प्रतिशत छ । अस्ट्रेलियामै जन्मेका नागरिकको तुलनामा विदेशी मुलका मानिसको रोजगारीको दर हाराहारीमा आइसकेको छ ।

‘अस्ट्रेलियामा जन्मेका १० मध्ये ६ जनाले रोजगारी पाइरहेको देखिन्छ,’ विभागको प्रतिवेदनमा उल्लेख छ । अस्ट्रेलियामै जन्मेकाहरुमा रोजगारीको दर ६२ प्रतिशत छ भने विदेशी मुलको रोजगारी दर ५६ प्रतिशत छ ।

अस्ट्रेलियामा स्थायी बसोबासको सुविधा पाउने गरी लगभग आधा लाख नेपाली मुलका मानिस छन् । विभागका अनुसार विदेशी मुलका मानिसमध्ये प्रमुख ५० राष्ट्रमा नेपाली मुलका मानिसको वृद्धिदर सबैभन्दा उच्च छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org