ताजा समाचार

जनार्दन शर्मामाथि शहिद परिवार निर्मलाले यसकारण गरिन् चप्पल प्रहार

रुकुम, १ मंसिर । नेकपा माओवादी केन्द्रका नेता रुकुमबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार जनार्दन शर्मामाथि चप्पल प्रहार भएको छ । रुकुमको बाफिकोटमा आयोजित चुनावी सभामा सहिद परिवार निर्मला खड्काले गृहमन्त्रीबाट विना विभागीय बनेका शर्मामाथि आफ्नो खुट्टाको चप्पल निकालेर हिर्काएकी हुन् ।

शर्माले सहिदको सपनामाथि खेलवाड गरेको भन्दै खड्काले विहीबार दिउँसो ४ बजे बाफिकोट गाउँपालिकाको नेटामा आफ्नै खुट्टाको चप्पल निकालेर हानेको बताइएको छ । जनयुद्धमा सुराकी गर्ने एमालेसँग एकता गरेर सहिदको सपनामाथि खेलवाड गरेको भन्दै खड्काले चप्पल हानेपछि खड्कालाई वाइसिएल कार्यकर्ताहहरुले निर्घात कुटपिट गरेका थिए ।

शर्मामाथि चप्पल प्रहार गर्ने खड्कालाई प्रहरीले पक्राउ गरेको छ । यसअघि कात्तिक २४ गते रुकुमकै चौरजाहरी नगरपालिका ८ को गोइरीमा चुनावी प्रचार प्रचारका क्रममा बम प्रहार भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org