ताजा समाचार

मेडिकलमा १४ बर्षे किशोरीको माग, ‘अंकल बच्चा फाल्ने औषधि दिनुस् !’

काठमाडौं, १ मंसिर । अंकल बच्चा निकाल्ने औषधि दिनुस् रे ! काठमाडौं कालिमाटीको एक औषधि पसलमा करिब १४ वर्षकी किशोरीले यसो भनिरहँदा वरिपरिका सब उनलाई नियालेर हेरिरहेका थिए । यतिकैमा विक्रेताले प्रश्न गरे, कसलाई ? उनले भनिन् दिदीलाई । बिक्रेताले फेरि सोधे, दिदी कति वर्षकी भइन ? जवाफमा ती किशोरीले भनिन् वर्ष त थाहा छैन अहिले १२ पढनु हुन्छ ।

१७ वर्ष नपुग्दै तीन पटक एबोर्सन केही समय अघि वरिष्ठ आर्युवेद तथा प्रसुती रोगविशेषज्ञ डा. सरिता श्रेष्ठको क्लिनिकमा दुई जना किशोर किशोरी आइपुगे । उनीहरुको समस्या भनेको गर्भमा हुर्किरहेको बच्चा थियो । १६ वर्षका उनीहरुले आफूहरु केही समयमा नै बिवाह बन्धनमा बाधिने कुरा बताए ।

आफैलाई पाल्ने भइसकका छैन यिनिहरुले कसरी बच्चा पाल्लान भन्ने सोचेर डा. श्रेष्ठले गर्भपतन गराइदिन तयार भइन । सम्पुर्ण साप्ताहिकमा खबर छ । जब उनले स्वास्थ्य परिक्षण गरिन तब छक्क परिन । उनको पेटमा पहिले नै अपरेशन गरेको ठुलो घाउँ थियो । यसको मतलब उनले पहिले नै अपरेशन गरेर बच्चा निकालिसकेकी रहिछन् । त्यसपछि डाक्टरले केरकार गर्दा उनले भनिन् यो मेरो तेस्रो पटकको गर्भ हो । यो कुरा परिवारका सदस्य कसैलाई पनि थाहा छैन ।

विश्व स्वास्थ्य संगठनका अनुसार १५ देखि १९ वर्षमा गर्भवती बन्ने किशोरीको मृत्यु हुने सम्भावना दोब्बर रहको छ । यस्तो खाले गर्भको जटिलताका कारण विकासोन्मुख देशहरुमा मात्र वर्षेनी ७० हजार किशोरीहरुको अकालमा मृत्यु भइसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org