ताजा समाचार

वाम गठबन्धनका नेताको घाटीमा भार थाम्नै नसक्नेगरी ५१ किलोको माला

रामेछाप । रामेछापमा उम्मेदवाहरुलाई ५१ किलोको माला लगाईएको छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको वाम गठबन्धनका नेताहरुलाई गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ बेतालीका महिला समूहले ५१ किलोको माला लगाएर स्वागत गरेका हुन् ।

मतदाता रिझाउन विभिन्न कार्यक्रम लिएर गाउँ पसेका वाम गठबन्धनका प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार श्यामकुमार श्रेष्ठ र प्रदेशसभा सदस्य (क) बाट उम्मेदवार बनेका शान्तिप्रसाद पौडेललाई वेतालीका स्थानीय महिला समूहले जनही ५१ किलोको माला लगाएर गाउँमा स्वागत गरेका हुन् ।

चुनावको मिति नजिकिदै जाँदा रामेछापका राजनीतिक दलका उम्मेदवारहरुले अहिले गाउँगाउँमा कोणसभा, घरदैलो अभियान र जनसभा लगायतका कार्यक्रमलाई तिव्रता दिएका छन् । रामेछापमा यतिखेर दुई ठूला राजनीतिक दलहरु प्रजातान्त्रिक धार र वाम गठबन्धनको चुनावी माहोल आक्रामक बनेको छ ।

अन्य साना दलका तुलनामा यी दुई ठूला दलहरु मतदाता रिझाउन कुनै कसुर नराखी घरदैलो अभियान दौडिएका छन् । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा उम्मेदवारी पाएसँगै राजनीतिक दलका उम्मेदवारहरु आफ्नो पार्टीको घोषणापत्र लिएर मतदाताहरुको घरघरमा मत माग्न व्यस्त रहेका छन् ।

यसअघि पनि प्रदेसशभा (ख) मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य कान्छाराम तामाङलाई पनि २१ र ८५ किलोको माला लगाएर स्वागत गरेका थिए । त्यसैगरी प्रदेशसभा (क) को चुचुरेमा पनि कांग्रेसका प्रतिनिधिसभा सदस्य र प्रदेसशभा सदस्य उम्मेदवार कान्छाराम तामाङ र रत्नवहादुर कार्कीलाई जनही २१ किलोको माला लगाएर स्थानीयबासीले स्वागत गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org