ताजा समाचार

प्रकाश दाहाल गम्भीर बिरामी, प्रचण्ड कार्यक्रम छोडेर काठमाडौं आउँदै

- प्रकाश दाहाल गम्भीर बिरामी, प्रचण्ड कार्यक्रम छोडेर काठमाडौं आउँदै

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाश दाहाल गम्भीर बिरामी भएका छन्। उनलाई उपाचारका लागि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

पारिवारिक स्रोतका अनुसार आइतबार बिहानै अचेत भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो। प्रकाश दाहालको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ। यद्यपी अस्पतालले केही आधिकारिक जानकारी दिएको छैन।

छोरा बिरामी परेपछि झापाको विर्तामोडमा रहेका दाहाल हेलिकोप्टरबाट काठमाडौं फर्कंदै छन्। हेलिकप्टर आउन ढिलाई भएकाले केही समय लाग्ने पारिवारिक स्रोतले बताएको छ।

यस्तै चितवनबाट दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि अहिलेनै काठमाडौं आउँदैछन्। उनलाई हृदयघात भएको जनाइएको छ।

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालका एक मात्र छोरा उनी दाहालको सचिवालयमा काम गर्दै आएका थिए। प्रकाशका श्रीमती र दुई बालबच्चा छन्।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org