ताजा समाचार

प्रकाश दाहालले मृत्यु अघिनै आफ्नो फोटो ‘ब्ल्याक एण्ड ह्वाइट’ बनाए

काठमाडौं, ३ मंसिर । आईतबार एकाबिहानै सबैको कानमा शोकको खबरले स्तब्द बनायो । सबैका कानमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भएको भन्ने खबर पत्याउनै नसकिने गरी पर्‍यो । तर दैवको चोट र विधिको विधान कसैले रोकेरपनि रोक्न सकिँदैन् । प्रचण्डका एक मात्र छोरा प्रकाशले सदाका लागि यो संसार छोडेर गए ।

आफ्ना पिताको राजनीतिलाई सम्हालिरहेका प्रकाश सामाजिक सञ्जालमा पनि त्यतिनै सक्रिय थिए । उनी आफ्नो पिताको हरेर गतिविधि सामाजिक सञ्जाल फेसबुकमा हालिरहन्थ्ये । तर अब उनी कहिले फेसबुक नचलाउने गरी विदा भएका छन् । अब उनले आफ्ना पिताको सहयोगी भूमिका कहिल्यै निभाउन पाउने छैनन् । प्रकाशको फेसबुकमा रहेको प्रोफाइल तस्वीरसमेत ‘ब्ल्याक एण्ड ह्वाइट’ बनिसकेको छ । संयोग पनि कस्तो १ मृत्युपूर्व अगाडि नै प्रकाश दाहाल आफैंले रंगीन ‘प्रोफाइल पिक्चर’ हटाएर फेसबुकमा ‘ब्ल्याक एण्ड ह्वाइट’ तस्वीर राखेका रहेछन् ।

कृष्णबहादुर महरासहितको सामुहिक रंगीन तस्वीर हटाएर प्रकाशले अघिल्लो साता नै आफ्नो प्रोफाइल तस्वीर ‘ब्ल्याक एण्ड ह्वाइट’ बनाएका थिए । नेपाली संस्कारअनुसार, मृत्यु भइसकेको मानिसको तस्वीर ‘ब्ल्याक एण्ड ह्वाइट’ बनाउने चलन छ । आफ्नो फेसबुकको अन्तिम पोष्टिङमा भने प्रकाश दाहालले केही पनि नलेखिकन छोराको तस्वीर राखेका थिए ।

दाहालले आफ्नो फेसबुकको कभर फोटोमा बलिरहेको दीयो राखेका छन् । त्यहा उनी छोराका साथमा देखिन्छन् । र, उनले दशैं, तिहार र छठमा स्वदेश र विदेशमा रहेका दाजुभाइ दिदीबहिनीहरुलाई दिएको शुभकामना नै जीवनको अन्तिम शुभकामना बन्न पुगेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org