ताजा समाचार

प्रकाशको निधनमा एमालेका चुनावी कार्यक्रम एक घण्टाका लागि स्थगित

काठमाडौं, ३ मंसिर । नेकपा माओवादी–केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छोरा प्रकाश दाहालको निधनमा एमालेले आज देशभरका कार्यक्रम एकघण्टा स्थगित गरेको छ । प्रकाशको निधनप्रति गहिरो समवेदना अर्पण गर्दै एमालेले आज दिउँसो २ देखि ३ बजेसम्मका चुनावी कार्यक्रम स्थगित गरेको हो ।

प्रकाशलाई गम्भीर अवस्थामा नर्भिक अस्पताल पु¥याइएको जानकारी पाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीले झापामै रहेका प्रचण्डलाई चुनावी अभियानबाट काठमाडौंका लागि बिदाई गरेका थिए । घटनाको जानकारी पाउनासाथ पार्टीका बरिष्ठ नेता कमरेड झलनाथ खनाल, नेता कमरेड माधवकुमार नेपाल, महासचिव कमरेड ईश्वर पोखरेललगायतका नेताहरु नर्भिक अस्पताल पुगेर समवेदना प्रकट गरेको एमाले केन्द्रीय सचिवालय सदस्य विष्णु रिमालले जानकारी दिए ।

कमरेड प्रकाश दाहालप्रति सम्मान व्यक्त गर्न र नेकपा माओवादी–केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल, प्रचण्ड, शोकाकूल परिवारजन र नेकपा माओवादी–केन्द्रप्रति समवेदना प्रकट गर्न नेकपा एमालेले आज दिउँसो २ देखि ३ बजेसम्म आयोजना गरिएका पूर्वनिर्धारित सबै चुनावी कार्यक्रम स्थगित गरिएको रिमालद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org