ताजा समाचार

बिभिन्न गतिविधिमा साथ दिँदै आएका छोराको शव प्रचण्डले हेरेपछि…

काठमाडौं, ३ मंसिर । छोरा प्रकाश दाहालको निधनको खबरपछि नर्भिक अस्पताल पुगेका पुष्पकमल दाहाल प्रचण्ड प्रकाशको शब हेरेपछि मर्माहत भएका छन । नर्भिक अस्पतालमा आफ्नो पुत्र प्रकाशको शव देखेपछि भक्कानिएका दाहालले आँशु थाम्न सकेनन् र मर्माहत बनेर निकै बेर रोइरहे ।

मर्माहत भएका अध्यक्ष प्रचण्डले आफुलाई सम्हाल्न नसक्ने भएपछि उनलाई नर्भिक असपतालको सीईओ कक्षमा राखिएको थियो । अध्यक्ष दाहाल पत्नी सिता दाहाल, छोरी रेणु दाहाल र परिवारका अन्य सदस्य सहित छोरा प्रकाशको निधनबारे थप जानकारी लिन नर्भिक अस्पताल पुगेका हुन।

छोरा प्रकाशको निधनको खबर पश्चात प्रचण्डले झापाबाट फर्केर लाजिम्पाट स्थित आफ्नो निवासमा परिवारजन, नर्भिक अस्पतालका चिकित्सक र सुरक्षा निकाय प्रमुखसंग छलफलपछि अस्पताल पुगेका थिए ।

पत्नि सीता र परिवारका अन्य सदस्यहरु सहित नर्भिक अस्पताल पुगेका प्रचण्डले छोरा प्रकाशको शव हेरेपछि भक्कानिदै नर्भिकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रबहादुर सिंहको कार्यकक्षमा पुगेर निकै समय भावविव्हल बनेका थिए । चार बर्ष अघि छोरी गंगालाई गुमाएका प्रचण्डले छोरा प्रकाशलाई निर्वाचनको दौडादौडको विचमा सदाको लागि गुमाउनु परेको छ । आफ्नो राजनीतिक सहयोगी पनि रहेका छोरा प्रकाशले लामो समयदेखि पिताको राजनीति र बिभिन्न गतिविधिमा साथ दिदै आएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org