ताजा समाचार

वर्षमान पुनलाई बम हान्नेहरु पक्राउ, साथबाट ७ थान बम बरामद

काठमाडौं, ४ मंसिर । नेकपा माओवादी केन्द्रका नेता एवं वाम गठबन्धनका उम्मेदवार वर्षमान पुनलाई बम हान्नेलाई प्रहरीले पक्राउ गरेको छ । चुनावी प्रचारप्रसारको क्रममा पुनको गाडीलाई लक्षित गरेर बम हानिएको थियो ।

पक्राउ पर्नेमा सुनछहरी गाउँपालिकाका हिमलाल पुन हिमाल, रोल्पा नगरपालिका १० का धनबहादुर थापा बिष्लेषण, बिर बहादुर वलि रहेका छन् । त्यसैगरि सुवर्णावती ५ का मिनराम बिष्ट र खड्क बहादुर केसी रहेको प्रहरीले जनाएको छ ।

सुवर्णावती ५ क्वाली गाउँबाट पक्राउ परेका उनीहरुको साथबाट ७ थान बम समेत बरामद गरिएको हो । पक्राउ परेकाहरुबारे थप अनुसन्धन गरिहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org