ताजा समाचार

नवलपुरमा कांग्रेसको जनलहर बढ्दै, विभिन्न पार्टी परित्याग गरी १५० बढी कार्यकर्ता प्रवेश

नवलपुर, ५ मंसिर । मंसिर २१ गते हुने दोश्रो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि नवलपुर क्षेत्र नम्बर २ ले आफ्नो चुनावी अभियान आरम्भ गरेको छ । प्रतिनिधि सभा क्षेत्र नम्बर २ का लागी कांग्रेसबाट बिष्णु कार्कीको उम्मेदवारी सर्वसम्मत भएपछि पहिले देखि नै उक्त क्षेत्रमा चुनावी चहलपहल सुरु भएको छ ।

हुप्सेकोटमा आयोजित नवलपुर कांग्रेसको भेलासँगै नवलपुरमा चुनावी कार्यक्रम सुरु भएको हो । नवलपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको लागि बिष्णु कार्की र प्रदेशसभाका लागि बिष्णु लामिछाने चुनावी मैदानमा छन् ।

हुप्सेमा आयोजित चुनावी कार्यक्रममा डाडापारी, हुप्सेकोटको भेगबाट एमाले र माओवादीका १ सय ५० भन्दा बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नवप्रवेशी कार्यकर्तालाई प्रतिनिधिसभाका उम्मेदवार बिष्णु कार्की तथा जिल्ला सभापति एवं प्रदेश सभा उम्मेदवार बिष्णु लामिछानेले अबिर तथा खादा ओढाएर स्वागत गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org