ताजा समाचार

‘माथिको आदेश’ भन्दै बुवाको किरिया बसिरहेका विप्लव पार्टीका जिल्ला इन्चार्ज जोशी गिरफ्तार

बैतडी, ५ मंसिर । प्रहरीले बुवाको किरियामा बसेका नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाका बैतडी जिल्ला इन्चार्ज बासुदेव जोशीलाई पक्राउ गरेको छ । बुवाको निधन भएको ११ दिनको काममा बसेका जोशीलाई सिमार प्रहरीले माथिको आदेश भन्दै नियन्त्रणमा लिएको हो ।

कुनै नराम्रो गतिबिधिमा संलग्न नरहेका जोशीलाई किरिया बसिरहेका बेला घरबाटै पक्राउ गरेको उनका भाइ अनिरुद्र जोशीले जानकारी दिए । तर प्रहरीले भने किरिया सकिसकेको र शंकास्पद ब्यक्ति भएकाले पक्राउ गरेको जनाएको छ ।

विभिन्न जिल्लाहरुमा विप्लव कार्यकर्ताले चुनाव विरोधी गतिविधि गरेर नागरिकमा त्रास फैलाएकाले बैतडीमा पनि यस्तो हुनसक्ने भन्दै उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । उनले भने ‘चुनाव विरोधी गतिविधिमा संलग्न रहेको पाइयो । ११ दिनको किरियापछि हामीले नियन्त्रणमा लिन बाध्य भयौं । चुनावको नसकिएसम्म जोशीलाई प्रहरी नियन्त्रणमै राखिनेछ ।’ किरियामा बसेका जोशीलाई प्रहरीले विना कारण नियन्त्रणमा लिएकोमा परिवारजनले आपत्ति जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org