ताजा समाचार

चुनावको मुखैमा एमालेलाई ठूलो झट्काः ११०० एमाले नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

बारा, ५ मंसिर । नेकपा एमालेका १ हजार भन्दा बढी नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बारा क्षेत्र नम्बर ६ का पुर्व सांसद पुरुषोत्तम पौडेलका स्वकिय सचिव प्रवेज आलम अंसारीसहित एक हजार १ सय जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नव प्रवेशी अंसारी राष्ट्रिय युवा परिषद सदस्य, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रिय सचिवालय सदस्य, नेपाल मुस्लिम ईतेहाद संगठनका केन्द्रिय सचिवालय सदस्य समेत रहेका हुन् ।

अंसारी सहित एक हजार भन्दा बढीको हुल नै कांग्रेसमा प्रवेश गरेपछि एमाले बारालाई ठुलो झड्का लागेको छ । पुर्व प्रधानमन्त्री एवम एमालेका वरिष्ठ नेता माधव कुमार नेपालका नजिक रहेका अंसारी कांग्रेसमा प्रवेश गरेपछि एमाले बारालाई ठुलो झटका लागेको हो ।

अंसारीलाई श्रम तथा रोजगार मन्त्री एवम बारा क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका उम्मेदवार फरमुल्लाह मंसुरले प्रवेश गराएका हुन । अंसारी सहित नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल पार्टी परित्याग गरी एक हजार एक सय जना बढीलाई मन्त्री मंसुरले कांग्रेसमा प्रवेश गराएका छन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org