ताजा समाचार

सर्वोच्च अदालत परिसरमै बम, आजका सबै इजलास प्रभावित, न्यायाधीशहरुलाई बाहिर निकालियो

काठमाडौं, ५ मंसिर । सर्वोच्च अदालतमा बम राखिएको हल्लाले आजका सबै इजलास स्थगित भएका छन् । अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै सहरजिष्टार नारायण पन्थीलाई फोन गरेपछि इजलास खाली गराइएको हो ।

बम राखिएको हल्लापछि नेपाली सेनाको बम डिस्पोजल टोली सर्बोच्चमा पुगेको छ । भने सुरक्षाकर्मीले खानतलासी सुरु गरेका छन् । सबै इजलासहरु खाली गरी न्यायाधीशहरुलाई बाहिर निकालिएको छ । सर्वोच्च प्रशासनले आजका सबै इजलास र न्याय प्रशासनका काम नहुने जानकारी गराएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org