ताजा समाचार

देउवाको ठाडो आदेशमा चुनावको मुखैमा ४ जिल्लाका सिडिओको रातारात सरुवा

काठमाडौं, ५ मंसिर । सरकारले चुनावको मुखैमा ४ जिल्लाको सिडिओको सरुवा गरेको छ । पहिलो चरणको निर्वाचनको ५ दिनअघि सरकारले ४ जिल्लाका सिडिओ (प्रमुख जिल्ला अधिकारी) को सरुवा गरेको हो । पहिलो चरणमा चुनाव हुने भोजपुर, सोलुखुम्बु, रसुवा र नुवाकोटका प्रमुख जिल्ला अधिकारी सरुवा भएका छन् ।

प्रधानमन्त्री शेरवहादुर देउवाको ठाडो आदेशमा सोमबार राति नै पहिलो चरणमा चुनाव हुने जिल्लाका सिडिओ सरुवा भएका हुन् । सोलुखुम्बुका सिडिओ भुपेन्द्र खत्रीलाई कांग्रेस नेता बलवहादुर केसीको दबाबमा सरुवा गरी उनको ठाउँमा सूर्य खनाललाई पठाइएको छ । त्यस्तै, भोजपुरमा चेतराज बरालको ठाउँमा फणिन्द्र दाहाललाई सिडिओ बनाएर पठाइएको छ ।

रसुवाकी प्रमुख जिल्ला अधिकारी हरिदेवी पौडेलको ठाउँमा चोमेन्द्र न्यौपानेलाई पठाइएको छ । कांग्रेस नेताहरुको दबाबमा नुवाकोटमा जगदिशराज बराललाई हटाएर वीरेन्द्रकुमार यादवलाई पठाइएको छ । त्यस्तै कैलाली, नुवाकोट लगायतका जिल्लामा प्रहरी प्रमुख समेत फेरिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org