ताजा समाचार

विकास र रोजगारी पहिलो प्राथमिकता अर्थ राज्यमन्त्री राणा

ललितपुर, ५ मंसिर । अर्थ राज्यमन्त्री एवं लोकतान्त्रिक गठबन्धनबाट ललितपुर निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार उदयशम्शेर राणाले विकास र रोगजारी आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा प्रचारप्रसारको क्रममा आज गोदावरीको घरदैलो कार्यक्रममा बोल्दै उहाँले चुनावपछि देश आर्थिक समृद्धितर्फ अग्रसर हुने बताउनुभयो ।
जनताले चाहेका विकास र रोजगारी प्राथमिकतामा राखिने उहाँको प्रतिबद्धता थियोे । दोस्रो संविधानसभामा यस क्षेत्रबाट निर्वाचित भएर विकासका धेरै काम गरिसकेको स्मरण गर्दै उहाँले त्यसलाई निरन्तरता दिने बताउनुभयो ।

कृषि उत्पादनतिर पहिलो कदम चालेर घर–घरमै रोजगारीको सिर्जना गरिनुपर्नेमा उहाँको जोड थियो । लोकतान्त्रिक गठबन्धनको विजयीले मात्र संविधानको पूर्ण कार्यान्वयन र देशले आर्थिक विकासमा फड्को मार्नसक्ने उहाँको दाबी थियो । “जनताको सेवा नै मेरो मूल मर्म हो”–उहाँले भन्नुभयो ।

गठबन्धनका तर्फबाट क्षेत्र नं १ ख का प्रदेशसभा सदस्यका उम्मेदवार मीनकृष्ण महर्जनले खेलकुदको माध्यमबाट देशको आर्थिक उन्नती हुनसक्ने बताउनुभयो । “खेल क्षेत्र त्यस्तो माध्यम हो जसले राष्ट्रलाई विश्व सामु चिनाउन सक्छ”–उहाँले भन्नुभयो ।
पानी, बाटो, सिँचाइ, कृषिलगायतका क्षेत्रमा विकास गर्नुपर्ने यस क्षेत्रका मतदाताको भनाई छ ।रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org