ताजा समाचार

सर्वोच्च अदालत परिषरमा बम राखिएको छ भन्दै सुरक्षाकर्मीलाई कसले ‘अप्रिल फुल’ बनायो ?

काठमाडौं, ५ मंसिर । सर्वोच्च अदालतभित्र कुनै पनि प्रकारको बम नभएको प्रहरीले जनाएको छ । सर्वोच्व परिसरभित्र बम भएको फोन आएपछि प्रहरीले अनुसन्धान गरेको थियो । प्रहरीको तालिम प्राप्त कुकुरले सर्च गर्दासमेत केही शंकास्पद वस्तु फेला नपरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रविन्द्र धानुकले जानकारी दिए।

एसएसपी धानुक भन्छन्, ‘सर्वोच्वभित्र सबै स्थानमा सर्च गर्दा केही फेला परेन। केही फेला नपरेकाले हल्ला मात्र गरेको हुनुपर्छ।’ आज मध्यान्ह १२ बजेतिर सर्वोच्च अदालतको सचिवालयमा तीन वटा बम रहेको भन्दै अज्ञात नम्बरबाट फोन आएपछि प्रहरीले खोजी गरेको थियो ।

फोन कसले गरेको भन्ने विषयमा पनि अनुसन्धान भईरहेको एसएसपी धानुकले बताए । प्रधानन्यायाधीशको सचिवालय, कामु रजिस्ट्रारको कार्यालय र सर्वोच्च अदालतका प्रवक्ता कहाँ फोन गरेर बम राखेको छ, सुरक्षित हुनुहोला भन्दै फोन गरिएको थियो। फोन सेटमा कलर आइडी नभएकाले कहाँ र कसले फोन गरेको भन्ने अनुसन्धान गर्न नेपाल टेलिकमको सहयोग लिनुपर्ने धानुकको भनाई छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org