ताजा समाचार

देउवाले ओलीको मजाक उडाउँदै भने, उहाँ भोट हालेपछि पनि चुनाव सर्छ भन्न सक्छन्’

काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी ओलीप्रति खरो रुपमा प्रस्तुत भएका छन् । ओलीले सरकार चुनाव सार्ने षडयन्त्रमा लागेको आरोप लगाईरहेका बेला प्रधानमन्त्री देउवाले त्यसको प्रतिवाद गरेका छन् । कुनै पनि हालतमा चुनाव नसर्ने भन्दै हल्लाका पछि नलाग्न सबैमा आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्य समितिसँगको भेटमा देउवाले विपक्षी दलका जिम्मेवार नेताले समेत चुनाव सार्न लागेको भन्ने अफवाह फैल्याएको भन्दै त्यसको खण्डन गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीको नामै लिएर देउवाले भने ‘केपीजीले प्रधानमन्त्रीले चुनाव सार्न लागेको भन्ने हल्ला गरिरहनु भएको छ, त्यो गैर जिम्मेवार कुरा हो । उहाँले किन यस्तो हल्ला चलाइरहनुभएको हो ? मैले बुझेको छैन ।’

अब कुनै पनि हालतमा चुनाव नसर्ने स्पष्ट पारे । ठट्याउलो पारामा देउवाले भने, ‘ओलीजीले मतदान गरिसकेपपछि पनि चुनाव सारिदैछ भन्न बेर छैन ।’ विस्फोटक गतिविधि गरिरहेको समूहलाई त्यस्ता गतिविधि बन्द गर्न पनि प्रधानमन्त्री देउवाले आग्रह गरेका छन् । पत्रकार महासंघले श्रमजिवी पत्रकारका हितमा काम गर्न तथा पक्राउ परेका पत्रकारलाई बिना शर्त रिहा गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org