ताजा समाचार

जनगायक पाख्रिनको पार्थिव शरीरमा प्रचण्ड र ओलीले कम्युनिष्ट पार्टीको झण्डा ओढाए

चितवन, ६ मंसिर । जनगायक खुसीराम पाख्रिनको पार्थिव शरीरमा माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओली संयुक्त रूपमा कम्युनिष्ट पार्टीको झण्डा ओढाएका छन् । अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको पाख्रिनको पार्थिव शरीरमा आज बिहान दुई कम्युनिष्ट पार्टीका अध्यक्षले संयुक्त रूपमा झण्डा ओढाएका हुन् । वामगठबन्धले हिजो आयोजना गरेको संयुक्त सभामा गीत गाइसकेपछि असहज महसुस गरेका पाख्रिनको मस्तिष्कघातका कारण हिजै निधन भएको हो ।

पूर्वसांसद् तथा माओवादीका पोलिट्ब्युरो सदस्यसमेत रहेका उनलाई माओवादी र एमाले पार्टीका नेता कार्यकर्ता तथा शुभचिन्तकले पनि अन्तिम श्रद्धाञ्जली दिए । गीतमार्फत सधैँ वर्गीय मुक्तिका भाव पोखेका पाख्रिनले गाउँदागाउँदै संसार छाडेर गए । हृदयाघात हुनुअघि उनले तीन दिनअघि निधन भएका माओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको श्रद्धाञ्जली सभामा गीत गाएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org