ताजा समाचार

हालकालाई सरुवा गर्दै बढुवा भएका चार एआइजीले जिम्मेवारी पाए, को कहाँ पुगे ?

काठमाडौं, ६ मंसिर । सरकारले बुधबार बढुवा गरेका नेपाल प्रहरीका चार एआइजीले जिम्मेवारी पाएका छन्। बढुवा भएका मधुप्रसाद पुडासैनी, माधवप्रसाद नेपाल, हेमन्तबहादुर पाल र पंकज श्रेष्ठलाई पदस्थापन गरिएको हो। उनीहरुको पदस्थापनसँगै दुई एआइजीलाई सरुवा गरिएको छ।

पुडासैनीलाई प्रदेश नम्बर ५ र नेपाललाई प्रदेश ७ को जिम्मेवारी दिइएको छ। प्रदेश ५ मा रहेका एआइजी मिङमार लामालाई सुरक्षा परिषद् र प्रदेश ७ का विजय भट्टलाई प्रहरी महानिरीक्षकको कार्यालयमा तानिएको छ। यस्तै, एआइजी पाललाई मानव स्रोत साधन विभाग र श्रेष्ठलाई कार्य विभागको जिम्मेवारी तोकिएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चार डिआइजीलाई एआइजीमा बढुवा गरेको हो। गत कात्तिक २७ गते बढुवा सिफारिस समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको थियो।

बढुवा सिफारिसमा चित्त नबुझे एक साताभित्र उजुरी गर्न सकिने प्रावधान रहे पनि उनीहरु विरुद्ध कुनै पनि उजुरी नपरेपछि सरकारले बढुवा गर्ने निर्णय गरेको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org