जाजरकोटमा हिँडेरै कर्मचारी मतदान केन्द्रमा
जाजरकोट, ७ मंसिर । सडक सञ्जालले नछोएका यहाँका दुर्गम गाउँमा पुग्न कर्मचारीलाई समस्या भएको छ । आवश्यक बन्दोबस्तीका सामग्रीसहित कर्मचारीलाई निश्चित समयभित्र तोकिएको ठाउँमा पुग्न हम्मेहम्मे भएको छ । बढ्दै गरेको चिसोका कारण कर्मचारीलाई समस्या भएको हो ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन सामग्रीसहित कर्मचारीलाई मतदान केन्द्रतर्फ खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँका दुर्गम जुनीचाँदे गाउँपलिका र वारेकाट गाउँपालिकामा पुग्न तीन दिन लाग्छ । कार्यालयले दुर्गम क्षेत्रका मतदान केन्द्रका लागि गत सोमबारदेखि कर्मचारी पठाउन शुरु गरेको हो । निर्वाचनका लागि एक हजार कर्मचारी खटिने छन् ।
बुधबारसम्म १०० भन्दाबढी मतदान केन्द्रका लागि कर्मचारी खटिसकेको मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीले बताउनुभयो । निर्वाचन कार्ययोजनाअनुसार बिहीबारसम्म सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्ने उहाँले बताउनुभयो । जिल्लामा ८५ मतदानस्थल र ११६ मतदान केन्द्र निर्धारण गरिएको छ ।
जाजरकोटमा ७२ मतदानस्थल अतिसंवेदनशील मानिएको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले बताउनुभयो । सुरक्षा चुनौतीको हिसाबले संवेदनशील जिल्ला मानिए पनि सुरक्षाको उचित व्यवस्थापन मिलाइएको उहाँले बताउनुभयो ।
सञ्चार सुविधा नहुँदा समस्या
यहाँका ४० भन्दा बढी मतदान केन्द्र तथा स्थलमा टेलिफोनको सहज पहुँच नहुँदा समस्या भएको छ । टेलफोनको टावरले काम नगर्दा सूचना दिन र लिन समस्या भएको वारेकोट गाउँपालिकाको मुलसाम केन्द्रमा खटिएका कर्मचारीले बताएका छन् ।
जुनीचाँदे गाउँपालिकाको जुनीमा खटिने कर्मचारीलाई पनि सञ्चारको असुविधा छ । नलगाड नगरपालिकाको वडा नं १०, ११, १२ र १३ मा टेलिफोनको पहुँच छैन । भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका मतदाता भोट हाल्न घर फर्कदै छन् । विभिन्न दलले नेपालगञ्ज, सुर्खेत र काठमाडौँबाट जाजरकोट आउने मतदातालाई यातायातको व्यवस्था गरेका छन् । रासस
Comments
अरु समाचार
-
उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको समय
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस...
-
सभापति पक्राउ पर्ने सम्भावना बढेको भन्दै चीन गएको रास्वपाको टोली स्वदेश फर्कियो
काठमाडौं । पहिलो पटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली बिहिबार काठमाडौँ...
-
भरतपुर महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सुरु
काठमाडौं । भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन...
-
न्याय परिषदको बैठक बस्दै, सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस हुने
काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरूको सिफारिस र नियुक्ति गर्न न्याय परिषदको बैठक भोली असोज ११...
-
प्रधानमन्त्री ओली र बङ्गलादेशका अन्तरिम सरकार प्रमुखबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुने सिलसिलमा यहाँ रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशको अन्तरिम सरकारका...
-
‘बीआरआई नेपाल र नेपालीको हितमा छ, अविलम्ब कार्यान्वयन गरियोस्’
काठमाडौं । बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) नेपाल र नेपालीको हितमा भएकाले शीघ्र कार्यान्वयन गर्नुपर्ने काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरुले...
-
अध्यागमनको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यागमन कार्यालयका बारेमा नकरात्मक...
-
प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्ः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला प्रधानमन्त्री विरुद्ध सामाजिक सञ्जालमार्फत...
-
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन...