ताजा समाचार

मंसिर १० र २१ गते चुनावको लागि यि जिल्लामा सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं, ७ मंसिर । मंसिर १० र २१ गते चुनाव हुने जिल्लामा सरकारले सार्वजनिक बिदा दिएको छ । मंसिर १० गते ३२ जिल्लामा र २१ गते ४५ जिल्लामा सार्वजनिक बिदा हुने गृह मन्त्रालयले जनाएको छ ।

प्रदेश नम्बर १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नम्बर ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लम्जुङ र गोरखा, प्रदेश नम्बर ५ का रुकुम पूर्वि भाग र रोल्पा तथा प्रदेश नम्बर ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडीमा १० गते आइतबार बिदा हुने छ । यी जिल्लाका शिक्षण संस्थामा भने बिहीबारदेखि नै सार्वजनिक बिदा दिइएको छ ।

यस्तै दोस्रो चरणको चुनाव हुने जिल्लामा २१ गते सार्वजनिक बिदा हुनेछ । शिक्षण संस्थामा भने १८ गतेदेखि नै बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org