डडेल्धुरामा ५३ मतदानस्थल संवेदनशील, उच्च सुरक्षा सतर्कता अपनाइयो
डडेल्धुरा, ७ मंसिर । डडेल्धुरा जिल्लाका ५३ वटा मतदानस्थल संवेदनशील रहेको जनाएको छ । डडेल्धुरामा रहेका ७७ मतदानस्थलमध्ये १६ मतदानस्थललाई अति संवेदनशील, ३७ संवेदनशील र २४ मतदानस्थल भने सामान्य रहेका प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बताउनुभयो ।दोस्रो चरण मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भन्दै डडेल्धुराका स्थानीय तहलाई सुरक्षा संवेदनशीलताका आधारमा स्थानीय तहलाई दुई तहमा विभाजन गरेको छ ।
जिल्ला सुरक्षा समितिले डडेल्धुराका सातवटा स्थानीय तहमध्ये सुरक्षा संवेदनशीलताका आधारमा चारवटा स्थानीय तहलाई संवेदनशील र तीनवटा स्थानीय तहलाई अति संवेदनशीलतामा विभाजन गरेको छ । जिल्लामा निर्वाचनका लागि थप सुरक्षा बल खटाइने जनाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुरामा मतदान गर्ने भएकाले पनि डडेल्धुरा जिल्लालाई उच्च सुरक्षा सतर्कतामा राखिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।
डडेल्धुरामा ७७ मतदानस्थल र ११७ मदतान केन्द्र रहेका छन् । डडेल्धुरामा उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । संवेदनशील स्थानमा प्रहरी परिचालन गर्नाका साथै म्यादी, जनपथ प्रहरी, सशस्त्र र नेपाली सेना खटाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...