ताजा समाचार

राजपाले +२ पास गरेकी युवतीलाई बिहेमा आधा तोलाको मंगलसुत्र दिने

काठमाडौं, ७ मंसिर । अब +२ पास गरेकी युवतीलाई बिहेमा आधा तोलाको सुनको मंगलसुत्र पाईने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राजपा) ले आज सार्वजनिक गरेको चुनावी घोषणापत्रमा यस्तो कुरा उल्लेख गरेको हो । कम्तीमा +२ सम्मको शिक्षा प्राप्त गरेका र उमेर पुगेका विवाहयोग्य महिलालाई विवाहको समयमा आधा तोला सुनको मंगलसुत्र वा सो वरावरको रकम प्रदान गरिने रापजाको घोषणापत्रमा उल्लेख गरिएको छ ।

बिहीबार महोत्तरीको जलेश्वरमा एक कार्यक्रम गरी राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले ‘पहिचान, अधिकार र सम्मान, राजपा नेपालको दृढ अडान’ भन्ने नारासहित १५ बुँदे प्रतिबद्धतासहितको घोषणापत्र सार्वजनिक गरेका छन् ।

‘सबैको पहिचान, सबैको अधिकार–राजपालाई मत, एकमात्र अधिकार’ भन्दै राजपाले समुन्नत नेपाल, सम्पन्न नेपाली, सार्थक संविधान, समावेशी राज्य, समतामूलक समाज, सार्वभौम नागरिक भन्ने विषयलाई जोड दिएको छ ।

‘महिलाको लागि हरेक उच्च शिक्षा निशुल्क गर्ने, हरेक नवजात बालिका जन्मनासाथ उसको सुरक्षित भविष्यका लागि आमाको संरक्षकत्वमा बालिकाको नाममा १० हजार रुपैयाँ अनुदान दिर्घकालिन मुद्धती खाता खोली बैंकमा जम्मा गरिनेछ, जुन बालिका १८ वर्ष पुगेपछि आवश्यकता अनुसार व्याजसहितको एकमुस्ठ रकम प्रयोग गर्न सक्नेछन्’ घोषणापत्रमा भनिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org