ताजा समाचार

निर्वाचन आयोगले तीन सिडिओसहित ६ कर्मचारीको सरुवा गराउन मानेन्

काठमाडौं, ७ मंसिर । निर्वाचन आयोगले तीन सिडिओसहित ६ कर्मचारीको सरुवामा रोक लगाएको छ । गृह मन्त्रालयले तीन सिडिओसहित ६ जना कर्मचारीको काज सरुवाको लागि आयोगको सहमति मागेको थियो । तर आयोगले सहमति नदिने निर्णय गरेपछि सरुवा रोकिएको हो। साथै आयोगले पत्र पाएको २४ घण्टाभित्र सक्कलै फाइल उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, नुवाकोटका जगदीश बराल र रसुवाका हिरादेवी पौडेलको सरुवा गरेको थियो । मन्त्रालयले सोलुखुम्बुमा सुनिल खनाल, नुवाकोटमा वीरेन्द्र यादव र रसुवामा चोमेन्द्र न्यौपानेलाई पठाउने निर्णय गरेको थियो ।

आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावका लागि भदौ १४ गते बाटै निर्वाचन आचार संहिता लागू भइसकेको अवस्थामा आयोगले सहमति नदिएको हो । आचारसंहिता लागू भएको अवधिमा निर्वाचन आयोगको सहमति नलिई सरुवा गर्न वा काज खटाउन नमिल्ने उल्लेख छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org