ताजा समाचार

यस्ता पनि स्वास्थ्य मन्त्री, जसले भने, ‘क्यान्सर पापका कारण हुन्छ’

काठमाडौं, ७ मंसिर । भारतको आसाम राज्यका स्वास्थ्य मन्त्रीले क्यान्सर पापका कारण हुने बताएका छ ।आसामका स्वास्थ्य मन्त्री हिमन्त विश्व शर्माले क्यान्सर हुनु भनेको ‘इश्वरीय न्याय’ र विगतमा मानिसले गरेको पापका कारण हुने बताएका हुन् । उनको उक्त भनाईको व्यापक विरोध भएको छ ।

शर्माले मानिसमा क्यान्सरजस्तो रोग लाग्नुमा बुवाआमाको पाप पनि कारक तत्व भएको बताएका थिए । शर्माको यस्तो अभिव्यक्ति आएपछि क्यान्सरबाट पीडित विरामी र आफन्त दुखी भएका छन् । विपक्षी दलले शर्माको अभिव्यक्ति तल्लो स्तरको भएको भन्दै सार्वजनिक रुपमा माफी माग्न माग गरेका छन् ।

विपक्षी दलले स्वास्थ्य मन्त्री शर्माले राज्यमा फैलँदो क्यान्सरको रोकथाम गर्न नसकेपछि यस्तो अभिव्यक्ति दिएको बताएका छन् । मन्त्री शर्माले बुधबार गुवाहटीमा आयोजित एक सार्वजनिक कार्यक्रममा यस्तो अभिव्यक्ति दिएको टाइम्स अफ् इन्डियालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

आफ्नो अभिव्यक्तिको व्यापक विरोध भएपछि सरकारमा रहेको भारतीय जनता पार्टीमा आवद्ध शर्माले आफ्नो अभिव्यक्तिको गलत व्याख्या भएको प्रतिक्रिया दिएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org