ताजा समाचार

उत्तर कोरियामा महिला सैनिकमाथि बलात्कार र महिनावारी रोकिनु सामान्य

काठमाडौं, ७ मंसिर । उत्तर कोरियाकी एक पूर्व महिला सैनिकले सनसरी खुलासा गरेकी छन्। विश्वको सबैभन्दा धेरै सेना भएको मुलुकको चौथो नम्बरमा रहेको उत्तर कोरियामा महिला सैनिकको अवस्था निकै जटिल रहेको बताएकी हुन् । अधिकांश महिला सदस्यको महिनावारी समयभन्दा पहिला नै रोकिने गरेको पूर्व महिला सैनिक ली सो येआनले बताईन् ।

उत्तर कोरियामा महिला सैनिकमाथि बलात्कार सामान्य हो। उनी १० वर्षसम्म यस्तो कोठामा बसिन् जहाँ अन्य दर्जनौं महिला पनि बस्थे। प्रत्येक महिलालाई एउटा दराज दिइएको थियो, जसमा तस्वीर टाँस्ने अनुमति थियो। त्यो दराजमा उत्तर कोरियाका संस्थापक नेता किम इल सुङ र वर्तमान नेता किम जोङ उनको फोटो लगाउनुपथ्र्यो । यद्यपी ली सो येआनले उत्तर कोरिया छोडेको दश वर्ष भइसकेको छ। तर त्यहाँ भोगेको आफ्ना पीडा उनको मानसपटलमा अझै पनि ताजै छ।

‘भुसको ओछ्यानमा हामी सुत्थ्यौं, त्यही भएर पसिनाको गन्ध धेरै आउँथ्यो,’ उनले भनिन्। नुहाउने र धुने व्यवस्था नभएका कारण गन्ध आउनु स्वाभाविक भएको उनको भनाइ छ। उनले एक महिलाका रुपमा राम्रोसँग सुत्न नपाउने सबैभन्दा ठूलो समस्या हुने गरेको बताईन् । तातो पानीको व्यवस्था हुँदैनथ्यो । पहाडको झरनाबाट एउटा पाइप जोडेर ल्याएको चिसो पानीमा नुहाउनु पथ्र्यो। सो पानीबाट कहिले काँही भ्यागुता र सर्प पनि निस्किने गरेको उनको भनाई छ ।

४१ वर्षीया सो येआन, विश्वविद्यालयकी प्रोफेसरकी छोरी हुन्। उनी देशको उत्तरी भागमा जन्मिएर हुर्किएकी हुन्। उनको परिवारका अधिकांश सदस्य सैनिक थिए। १९९० को दशकमा भएको विनाशकारी अनिकालबाट बच्न उनीहरु सेनामा भर्ना भएका थिए। त्यो बेला हजारौं महिला सैनिकमा भर्ना भएका थिए।

‘नर्थ कोरियाज हिडेन रिभोल्युशन’ कितावकी लेखिका जिउन बेक भन्छिन्, ‘अनिकालका कारण उत्तर कोरियाका महिलाका लागि झन ठूलो समस्या उत्पन्न भएको थियो। महिलाले मजदुरी गर्नुपर्ने भयो र उनीहरुले नराम्रो व्यवाहरको पनि सामना गर्नुपर्यो। विशेषगरी उत्पीडन र यौन हिंसाको शिकार हुनुपर्यो।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org