ताजा समाचार

लहानमा हत्यारा श्रीमान् पक्राउ

लहान, ८ मंसिर । श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार रहेका श्रीमान्लाई गएराति सिरहा प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादपछि ३० वर्षीया समिला खातुनको गत मंगलबार घाँटी रेटेर फरार रहेका कल्याणपुर नगरपालिका– ६ भोक्राहाका हत्यारा श्रीमान् ३५ वर्षीय ओली राइनलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मिर्चैया र इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट खटिएको विशेष अनुसन्धान टोलीले धनुषाको गोपालपुरबाट राइनलाई पक्राउ गरिएको हो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org