ताजा समाचार

महिला क्रिकेटमा नेपालको पहिलो जित, मलेसिया ३३ रनले पराजित


काठमाडौं, ८ मंसिर । महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट एसिया छनौटमा नेपालले पहिलो जित हासिल गरेको छ । नेपालले शुक्रबार आफ्नो चौथो खेलमा मलेसियालाई ३३ रनले हराउँदै पहिलो जित हासिल गरेको हो ।

१ सय ९ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ७ विकेट गुमाएर ७५ रन मात्र बनाउन सक्यो । नेपाललाई जिताउन करुणा भण्डारीले ३ तथा रीतुकुमारी कनौजिया, नेरी थापा, सरिता मगरले एक एक विकेट लिए ।

थाइल्याण्डको बैंककमा पहिले ब्याटिङ गरेको नेपालका लागि सरिता मगरले ३७ र ज्योती पाण्डेले २१ रन बनाए । ४२ बल खेलेकी सरिताले रनआउट हुनुअघि ३ चौका प्रहार गरेकी थिइन् । नेपालको ४ खेलबाट ५ अंक भएको छ । गएको बिहीबार नेपाल युएईसँग पाँच रनले पराजित भएको थियो ।

यस्तै गएको मंगलबार हङकङसँग र पहिलो खेलमा सोमबार घरेलु टोली थाइल्याण्डसँग पानी परेका कारण बराबरी भएर अंक बाँडेको थियो । प्रतियोगिताका शीर्ष २ टोलीले नेदरल्याण्ड्समा हुने ट्वेन्टी ट्वेन्टी विश्वकपको छनौट खेल खेल्न पाउनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org