ताजा समाचार

चितवनमा निर्वाचन विरोधी गतिविधि गर्ने १६ जना पक्राउ

चितवन, ८ मंसिर । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिस्ट पार्टीका १६ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पार्टीका जिल्ला इन्चार्ज लालबहादुर विसीदेखि सामान्य कार्यकर्तासम्म पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पक्राउ परेकाहरुलाई सार्वजनिक अपराध, हातहतियार तथा खरखजाना र विस्फोटक पदार्थ ओसारपसारलगायतका मुद्दा लगाइएको छ ।

उम्मेदवारी मनोनयनपछिका दिनमा निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको थापाले बताउनुभयो । निर्वाचन विरोधी गतिविधि बढ्न सक्ने भन्दै सो पार्टीका नेता कार्यकर्तामाथि कडा निगरानी राखिएको प्रहरीले जनाएको छ ।
रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org