ताजा समाचार

रुकुममा कांग्रेस कार्यकर्ताको कुटाईबाट वडाअध्यक्षकी श्रीमती गम्भीर घाईते

रुकुम, ८ मंसिर । नेपाली काँग्रेस रुकुमका कार्यकर्ताको कुटपिटबाट एक महिला गम्भीर घाइते भएकी छन् । कुटपिटबाट रुकुम सानीभेरी गाउँपालिका वडा नम्बर ७ की कल्पना बुढा गम्भीर घाइते भएकी हुन् । उनी सानीभेरी गाँउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कुलवहादुर वुढाकी श्रीमती हुन ।

सदरमुकाम खंगामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सहभागितामा आयोजित चुनावी सभाबाट घर फर्कदै गरेका कांग्रेस भातृ संगठन तरुण दलका कार्यकर्ताहरुले घरमै बसेकी बुढामाथी कुटपिट गरेको सानीभेरी गाँउपालिका अध्यक्ष नरवहादुर पुनले जानकारी दिए । वडाअध्यक्ष कुलवहादुर बुढामाथि कुटपिट गर्ने उद्देश्यले त्यहाँ पुगेका काँग्रेस कार्यकर्ताहरुले उनलाई नभेटेपछि श्रीमती कल्पनामाथि कुटपिट गरेका हुन ।

कुटपिटबाट गम्भीर घाईते भएकी कल्पनालाई चौरजहारी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । यसैबिच कुटपिट गर्नेहरुलाई हिजो राती नै प्रहरीले नियन्त्रणमा लिएको छ । कुटपिटमा संलग्न भएका ४ जनालाई पक्राउ गरिएको र थप अनुसन्धान भैरहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरिक्षक ऋषि ढुंगानाले जानकारी दिए ।

घटना राजनीतिक प्रतिशोध लिएर गरिएको भन्दै कुटपिटको घटनाप्रति नेकपा (माओवादी केन्द्र) ले कडा विरोध जनाएको छ । जिल्ला ईन्चार्ज राजकुमार शर्माले राजनैतिक प्रतिस्पर्धाबाट डराएर काँग्रेसीहरु अपराधिक क्रियाकलापमा उत्रिएको वताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org