ताजा समाचार

भारतमा डोनाल्ड ट्रम्पकी छोरी इभान्कालाई सुनको थालमा खान दिइने

काठमाडौं, ८ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्प भारत भ्रमणमा आउन लागेकी छन् । हैदराबादमा मंसिर १२ देखि १४ गतेसम्म हुने ग्लोबल इकोनोमिक समिटमा भाग लिन इभान्का भारत आउन लागेकी हुन् ।

इभान्कालाई हैदराबादमा सुन र चाँदीको थालमा खाना खुवाइने भएको छ । अनि उनको स्वागतका लागि थाइल्यान्ड, सिंगापुर, इन्डोनेसिया र बेंगलुरुबाट महंगा फूलहरू समेत मगाइएको छ । उनलाई खाना खुवाउन ताज होटलबाट फरक फरक शेफहरूलाई बोलाइएको छ र उनीहरूले विशेष परिकार बनाउनेछन् ।

इभान्काको सुरक्षाका लागि धेरै सुरक्षाकर्मी खटाइएका छन् । एलिट ग्रेहाउन्डका विज्ञ निशानेबाज र अक्टोपस कमान्डो फोर्सले उनलाई सुरक्षा दिनेछन् । कमान्डोहरू रुसमा बनेका राइफल र आधुनिक हतियारसहित तैनाथ हुनेछन् । अमेरिकाको सिक्रेट सर्भिसले पठाएका तीनवटा बुलेटप्रूफ गाडी चढेर इभान्का यताउता जानेछिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org