ताजा समाचार

काँग्रेस प्रचारप्रसार कार्यालयलाई लक्षित गरीे विस्फोटक पदार्थ

नवलपरासी, ८ मंसिर । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाको नवलपरासीस्थित प्रचारप्रसार कार्यालयलाई लक्षित गरी राखिएको विस्फोटक पदार्थलाई आज नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

नवलपरासी, बर्दघाट सुस्ता, पूर्व क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र न १ को दुम्कौलीस्थित महामन्त्री डा. कोइरालाको प्रचारप्रसार कार्यालयलाई लक्षित गरी राखिएको विस्फोटक पदार्थलाई झ्यालटङडाडांस्थित नेपाली सेनाको टोलीले निष्क्रिय पारेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिनुभयो । महामन्त्री डा. कोइरालाका सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ ।

दुम्कौली सिजी शास्वत धामस्थित नेपाली काँग्रेसको प्रचारप्रसार कार्यालय नजिक आज प्रेसर कुुकरमा बम जस्तो देखिने शंखास्पद बस्तु फेला परेको थियो । बम भएको हुनसक्ने अनुमान गरिएको भए पनि सो बम नभइ विस्फोटक पदार्थ मात्र भएको प्रमुख जिल्ला अधिकारी मरासिनीले जानकारी दिनुभयो । सो विस्फोटक पदार्थ कस्ले र किन राखेको हो यसबारे अहिले केही खुल्न सकेको छैन् । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org