ताजा समाचार

दाङलाई पश्चिम नेपालको केन्द्र बनाउँछु: कृष्णबहादुर महरा

 

दाङ, ८ मंसिर । दाङलाई पश्चिम नेपालको केन्द्र बनाउन आफू लागिपरेको नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले बताउनुभएको छ । रिपोर्टर्स क्लब दाङले आज घोराहीको कर्जाइमा गरेको साक्षात्कारमा नेता दाङ निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार महराले भन्नुभयो, ‘‘प्रदेश नं ५ को राजधानी दाङमै हुनेछ । दाङलाई पश्चिम नेपालकै केन्द्रका रुपमा विकास गर्नेछु ।’’

उपप्रधानमन्त्रीसमेत रहनुभएका नेता महराले महराले दाङलाई पर्यटनको ‘हब’का रुपमा विकास गर्न रारासम्म सडक विस्तार गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “दाङलाई केन्द्र बनाएर चारैतिरबाट सडक सञ्जालले जोड्ने हो भने पश्चिम नेपालकै केन्द्र बन्छ ।”

दाङ हरेक हिसाबले सबल जिल्लाका रुपमा रहेको भन्दै उहाँले प्रदेशको राजधानी दाङमै हुने ठोकुवा समेत गर्नुभयो ।उपप्रधानमन्त्रीसमेत रहनुभएका महराले दाङको पत्रकारिता  नेपालमै उत्कृष्ट रहेको भन्दै यसलाई मर्यादित र व्यावसायिक बनाउनुपर्ने बताउनुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org