ताजा समाचार

पूर्वाञ्चल स्वास्थ्य महोत्सवमा १७ हजारलाई स्वास्थ्य सेवा

 

झापा, ९ मंसिर । झापाको बिर्तामोडमा गत मंसिर २ गतेबाट शुरु भएको पूर्वाञ्चल स्वास्थ्य महोत्सवमा १७ हजार सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन् । बिएण्डसी अस्पतालले आयोजना गरेको स्वास्थ्य महोत्सवको शुभारम्भ पूर्व प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य परीक्षणबाट गरिएको थियो ।

मंसिर ८ गतेसम्म सञ्चालन रहेको महोत्सवमा १६ हजार ८३२ जनाले स्वास्थ्य सेवा लिएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताउनुभयो ।महोत्सव अवधिभरमा ३२१ जनाले शल्यक्रिया सेवा, १५ हजार ७३२ जनाले प्रयोगशाला परीक्षण सेवा लिएको आज अस्पताल परिसरमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।महोत्सव सम्पन्न गर्न करिब करोड रुपैयाँ खर्च भएको अस्पताल प्रशासनले जनाएको छ । स्वास्थ्य महोत्सवमा नेपालका विभिन्नस्थान भारतबाट पनि सेवाग्राही स्वास्थ्य जाँच गर्न आएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले बताउनुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org