ताजा समाचार

रुकुमको बाँफिकोटमा २५० मत खसेको मतपेटिकामै आगो लाग्यो, एसिड प्रहारको आशंका

रुकुम, १० मंसिर । रुकुम पश्चिमको रत्न मावि बाँफिकोटको मतदान केन्द्र (क) बुथमा प्रत्यक्षतर्फको मतपेटिकामा आगो लागेको छ । प्रतिनिधिसभा अन्र्तगत प्रत्यक्षतर्फको मतपेटिकामा आगो लागेको हो ।

मतपेटिकाबाट धुवाँ निस्किएपछि तत्काल पानी हालेर आगो निभाइएको थियो । पूरै मतपेटिकामा नभएर केही मत पत्र मात्रै जलेको प्रहरीले जनाएको छ । मतपेटिकामा कसरी आगो लाग्यो भन्ने बारे अनुसन्धान भइरहेको छ ।
आगलागी भएपछि अहिले मतदान कार्य रोकिएको छ भने सर्वदलिय बैठक बसिरहेको छ । मतपेटिकामा एसिड हालेको आशंका गरिएको छ । मतदान अधिकृत नन्दलाल महतोका अनुसार त्यस मतपेटिकामा २५० मत खसेको थियो ।
एसिड हालेको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नजिकै बम पनि विष्फोटक भएको स्थानीयबासिन्दाले जानकारी दिए पनि प्रहरीले पुष्टि गरेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org